May 21, 2008
विभिन्न ब्राउजर र अपरेटिङ सिस्टमहरुमा वेवसाइट भिन्दै देखिन्छ । कुन ब्राउजरमा वेवसाइट कस्तो देखिन्छ भनेर चेक गर्न मन छ भने यहाँ जानुहोस । Browsershots

यसले १ मिनेटमै कुन ब्राउजर र अपरेटिङ सिस्टममा कस्तो देखिन्छ भनेर देखाँउछ।
May 11, 2008
सबैजनासँग सबै सफ्टवेयरहरु हुन्छन भन्ने हुँदैन । कसैलाई कुनै PDF को फाइल .DOC मा कन्भर्ट गर्नुपर्र्यो भने PDF राइटर आवश्यक हुन्छ । यदि PDF राइटर को ठाँउमा कुनै वेवसाइटबाटै फाइल कन्भर्ट गर्न सकियो भने?
यसको समाधान पनि छ ।
कुन कुन फाइल कन्भर्ट हुन्छ त ?
- convert csv files
- convert doc files
- convert eps files
- convert gif files
- convert png files
- convert psd files
- convert mp3 files
- convert wav files
- convert mpg files
- convert flv files
- convert online video from Youtube & other video sites…
- convert swf files & many more..
तल दिइएका केहि वेवसाइटहरु अनलाइन कन्भर्टरहरु यहाँ तल राद
youconvertit



May 1, 2008
के तपाईसँग एउटाभन्दा धेरै गुगल एकाउन्ट छन् र सबैलाई एकैपटक प्रयोग गर्न चाहनहुन्छ । तर Gtalk त एकपटकमा एउटामात्र खुल्छ । यसको समाधान यहाँ प्रस्तुत गरेको छु ।
Step1
सबैभन्दा पहिला Gtalk को सर्टकर्टमा गएर राइट क्लिक गर्ने अनि Proporties मा क्लिक गर्ने ।
step2
अब Target मा यस्तै केहि लेखेको हुन्छ, “C:\Program Files\Google\Google Talk\googletalk.exe”
step3
अब Target मा “-nomutex” जोड्नुहोस यसलाई हेर्दा यस्तो देखिन्छ । “C:\Program Files\Google\Google Talk\googletalk.exe” -nomutex
तलको तस्विरमा हेर्नुहोस 
step4
अब यसलाई OK गर्नुहोस र एकैपटक धेरै Gtalk मा अनलाइन हुनुहोस ।
April 29, 2008
केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्याङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ।
तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका (more…)
April 18, 2008
अहिले धेरैको कम्प्युटरमा देखिने भाइरस हो KINZA भाइरस । जो मुख्य गरेर पेन ड्राइभ र अन्य रिमुभेवल ड्राइभहरुबाट सर्ने गर्छ । यसको समाधान आज मैले यहाँ पोष्ट गरेको छु । यो भाइरस लागेपछि निम्न लक्षणहरु देखा पर्छ । (more…)
April 17, 2008
माइक्रोसफ्टका संस्थापक विल गेट्सले आउने बर्ष विण्डोजको नयाँ भर्सन बजारमा आउने खुलासा गरेका छन् । जसको नाम हुनेछ ‘Windows 7′ । यो विश्वका ९० प्रतिशत कम्प्युटरमा आफ्नो वर्चश्व कायम राखेको नामी सफ्टवेयर कम्पनी माइक्रोसफ्टको मुख्य उदेश्य अपरेटिङ सिष्टमलाई छिटोछिटो अपडेट गर्दै लानु हो । यो सफ्टवेयर भिष्टाको पछिल्लो अपडेटेड सिस्टम हुनेछ ।
३ बर्षभित्रमा (सन् २०१० मा ) बजारमा ल्याउने कुरा खुलाइएको भएपनि त्यो भन्दा अगाडी नै बजारमा आउने अनुमान गरिएको यो भर्सन ३२ तथा ६४ विटमा चल्नेछ । यसको सर्भर एडिसनलाई ‘विण्डोज सर्भर 7′ नामाकरण गरिएको छ ।
नयाँ भर्सनलाई Blackcomb वा Vienna भनेर पनि चिनिनेछ । (more…)
April 16, 2008
के तपाईलाई थाहा छ अरुको ब्लगमा कमेन्ट लेख्यो भने तपाईको ब्लगको Pagerank बढ्छ ? यो कुरा साँचो हो ।
कसरी बढ्छ त PR?
कमेन्ट लेख्नाले तपाईको ब्लगको ब्याक लिङ्क बढ्छ । ब्याक लिङ्क के हो त ? अरु साइटहरुमा तपाईको साइटको URL छ भने त्यसलाई ब्याकलीङ्क भनिन्छ । ब्याक लिङ्क Link Exchange, Banner Exchange आदिबाट मात्र नभएर कमेन्टमा भएको लिङ्कबाट पनि हुन्छ । कमेन्टमा ‘यो मेरो ब्लग हो www.yourblog.com’ भनेर चाँहि नलेख्नु नत्र ब्लगरले त्यसलाई स्पाममा गणना गरिदिन्छ ।
ल अप सुरु हुनुहोस कमेन्ट लेख्नको लागि अनि बढाउनहोस आफ्नो ब्याकलिङ्क । तर याद राख्नुहोस कमेन्ट लेख्ने भन्दैमा स्पाम गर्ने चाँही हैन नि ?
आफ्नो Backlink हेर्नका लागि यहाँ जानुहोस
April 15, 2008
अमेरिकी अनुसन्धानकर्ताहरुले कम्प्युटर मेमोरीको एउटा नयाँ माध्यम फेला पारेको खुलासा गरेका छन् । जसको प्रयोगबाट डिजिटल प्लेयरहरुमा ३५०० फिल्महरु अथवा ५ लाख संगित भण्डार गर्न सकिनेछ। यो स्टोरेज डिभाइस आकारमा सानो हुनुका साथै भण्डारण क्षमता धेरै गुणा र कार्यक्षमता अत्यन्तै छिटो हुनेछ । त्यति मात्र होइन यो सस्तो पनि हुनेछ र टिकाउ पनि ।
क्यालिफोर्नियाको सान जोस स्थित आइविएमको ल्यावमा कार्यरत (more…)
April 13, 2008
डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकिन्न। यदि तपाइ पनि डिजिटल क्यामेरा किन्ने सोचमा हुनुहुन्छ भने सम्भव छ, तपाईलाई पक्कै पनि यस्ता क्यामेरामा रहेका विभिन्न सुविधा तथा प्रविधिले अलमल्ल पारेको हुनुपर्छ। आज हामी डिजिटल क्यामेरा सम्बन्धित केही प्राविधिक पक्ष र यस्ता क्यामेरा किन्दा (more…)
इन्टेक्स मोवाइलको बारेमा सायद धेरैलाई थाहा नहुन सक्छ किनकी यसको बजार खासै छैन । इन्टेक्सका अन्य सामानहरु हामीले देखेपनि इन्टेक्सले मोवाइल पनि बनाउँछ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ ।
तर इन्टेक्सको Intex IN2020 ले तपाईलाई अवश्य आश्चार्यमा पार्नेछ । यसको व्याट्रीले २५ दिनसम्मको स्ट्याण्डवाई दिने कुरा कम्पनीले जनाएको छ भने टकटाइम ७ घण्टासम्म हुने बताएको छ । यसमा 1500mAh पावरको व्याट्री लगाइएको छ । भारतिय बजारमा भारु २००० मुल्य तोकिएको यो मोवाइललाई नेपाली बजारमा भने कतिमा विक्रि गरिने हो त्यो भने यसै भन्न सकिन्न । सामान्य मोवाइल भएपनि यसको व्याट्रीको कारण यो मोवाइलले बजार लिन नसक्ला भन्न सकिन्न।